नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज गर्दै चीन प्रस्थान गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबिचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए ।
नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कनेछ ।
संवाददाता । मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित