दाँत सफा गर्न २–२–२ को सूत्र अपनाउनुहोस् । यसको अर्थ, ब्रस दिनमा दुई पटक गर्नुहोस्, कम्तीमा २ मिनेटको लागि ब्रस गर्नुहोस् र वर्षमा २ पटक दन्त चिकित्सकबाट दाँत जाँच गराउनुहोस् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको राति सुत्नु अघि दाँत माझ्नु हो । केही खाए पछि, ५–१० मिनेट पर्खेर कुल्ला गर्नुहोस् ।
खाना खाएपछि मुख राम्रो सँग सफा गरिएन भने खानाका कणहरू दाँत को बीचमा रहन्छ, जसले दाँत सड्ने र दाँत को समस्या निम्त्याउँछ ।
–कडा ब्रस प्रयोग गर्दा वा धेरै बल लगाएर ब्रस गर्दा दाँत को इनामेल हट्छ, जसले दाँत मा संवेदनशीलता वा तातो वा चिसो महसुस गर्ने समस्या निम्त्याउँछ । ब्रस गर्ने तरिका यस्तो हुनुपर्छ कि तपाई को सबै दाँत र तिनका सतहहरू राम्ररी सफा होस ।
–ब्रसमा मटरको आकारको पेस्ट लिनुहोस् र यसलाई ४५ डिग्री कोणमा समात्नुहोस् । पहिले दाँतलाई एक तर्फ अगाडि र पछाडि २–३ पटक सफा गर्नुहोस् । त्यसपछि बिस्तारै घडीको दिशामा र घडीको विपरीत दिशामा घुमाउँदै हातले बिस्तारै ब्रस गर्नुहोस् ।
–मुखलाई पूर्ण रूपमा सफा गर्नु आवश्यक छ । ब्रस गरि सकेपछि जिब्रो पनि सफा गर्नुहोस् ।
–आफ्नो औँलाले गिजा मालिस गर्नुहोस् । यसले रक्तसञ्चार सुधार गर्छ र गिजालाई स्वस्थ बनाउँछ ।
–सातामा १–२ पटक फ्लसिङ गर्नुहोस् । यसले दाँत मा जमेको फोहोर हटाउँछ ।
–सादा पानीले ६–७ पटक र अन्त्यमा माउथ वासले कुल्ला गर्नुहोस् । यसो गर्दा मुखमा रहेका कीटाणुहरू हटेर गन्ध आउँदैनन् ।
संवाददाता । मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित