मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोड्यो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको योगदान दिए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
आरिफ ३३(३ को स्थितिमा क्रिजमा आएर अन्त्यसम्म डटेर खेले । उनले मध्यक्रममा बसिर अहमदसँग साझेदारी गर्दै बलियो योगफलसम्म पुग्न आधार तयार गरे । अन्त्यतिर राशिद र कमल सिंह ऐरीसँग उनले आक्रामक साझेदारी गरे ।
संवाददाता । सोमबार, चैत १९, २०८० मा प्रकाशित