Karnali Media
२०८३ भदौ २२ , सोमबार

पूर्वराजालाई राप्रपाले सभापति बनाए हुन्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन्। कांग्रेस बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति नभएको उनले बताए। ‘उहाँ संवैधानिक भएर बस्ने व्यक्ति होइनन्। चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ,’ उनले भने।

यस्तै उनले राप्रपाले पार्टीमा नभित्र्याए पूर्वराजाले पार्टी खोलेर आए पनि हुने देउवाले चुनौति दिएका छन्।


देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको समेत बताएका छन्। ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ उनले भने।

देउवाले राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताउँदै गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार