Karnali Media
२०८३ जेठ २५ , सोमबार

सुर्खेत महोत्सवमा अटेनन् दर्शकहरु



सुर्खेत । सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को नवौं दिन शनिबार दर्शकहरुले महोत्सव स्थल भरिभराउ भएको छ ।

आज अन्तिम दिन भनिएपनि महोत्सवको ३ दिन समय थपिएको छ । शनिबार महोत्सव अबलोकन गर्ने दर्शकले महोत्सव स्थल भरिभराउ भएको कारण टिकट सम्म पाउन सकेका छैनन् । महोत्सव स्थल बाहिर र भित्र दर्शकहरु हजारौको संख्यामा रहेका छन् । टिकट नपाउँदा टाढा टाढाबाट महोत्सव अवलोकन गर्न आएको दर्शकहरु महोत्सव स्थल बाहिर नै बसेका छन् ।
आज सकिने भनिएकोमा समय थप भएसंगै माघ २० गतेबाट जारी महोत्सव फागुन २ गतेसम्म संचालन हुनेछ ।


 

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार