Karnali Media
२०८३ असार ३ , बुधबार

भ्रष्ट समाज (कविता)



गुरुले ज्ञान दिन छोडे,दिएपनी शिष्यले लिन छोडे
भैंसी पालकले पानी नमिसाएको दूध दिन छोडे !

कर्मचारिले पैसा नलिई काम गर्न छाडे,नेताले देश बिकाश गर्न छाडे
बेसारे कृषकले पिठो नमिसाएको बेसार दिन छोडे,भैसि पालकले डाल्डा नमिसाएको नौनी दिन छड्यो !

जोगिहरुले भिक्षा माग्न छोडे, विद्यार्थीहरुले ज्ञान माग्न छोडे
जुत्ता सिलाउने दाईले जुत्ता सिलाउन छोडे,कपडा सिलाउने दाइले आइरन लगाउन छोडे !

सबै दाईहरुले नेपालमा काम गर्न छोडे अनि बिदेश गए
बिदेश गएका दाइहरुले पैसा कमाए,अनि नेपाल बसेकाले दाइहरुका बुडी घुमाए।

भ्रष्ट भ्रष्ट मिले अनि देश भक्तिको नारा लगाए
कसैले धर्म भने अनि कसैले धर्म निरपेक्षको नारा लगाए !

समाज बिकास गर्नु र बदल्नु कहाँ हो कहाँ,
समाज बिश्लेषण गरे अनि समाज बिथोले।

पार्टी खोले अनि बोल्ने मन्च बनाए,
एक अर्काले दोषे अनि दोशारोपण गरे।

२–४ दिन साच्चिकै लडे अनि लडे जस्तो गरे
चुनाब सकियो अनि नितिजा आयो,सबै मिले अनि कुर्सी रोजे।


समाज विश्लेषण गरे अनि बिथोले र बिकास पनि गरे रे
बिकास कम बिनास बडि अनि भ्रष्टाचार झन धेरै गरे रे!

केही गर्लान भन्ने आश गरेकाले बाख्रा चोर्न थाले रे
केही गर्छु भन्दा गुल्टाएरै छाडे रे!

नयाँ गएका छन केही भएका छन्
जनतामा आश छ निराशा पनि छ।

आशा र निराशा भरोसामा बदलियोस
यहि मेरो झिनो गुमनाम बिस्वास छ।

यहाँ सबै ठग र भ्रष्ट भए
अब प्रकृति पनि भ्रष्ट र ठग बन!

मानवलाई पानी नदेउ अनि हावा पनि नदेउ
यस्तै हो भने फटाहा मानबलाई वासस्थान पनि नदेउ।

लेखक रामसरण बि.क.(दिगो) राजनितिक शास्त्र (बि.एड.प्रथम बर्ष)मा अध्यायनरत छन् ।

प्रकाशित मिति : २०७९ पुस २८ गते बिहीबार