२ साउन, सुर्खेत । गुराँस गाउँपालिका दैलेखमा करार कर्मचारी हटाएको बिषयमा करार कर्मचारीहरु आन्दोलित छन् । असार २९ गतेको गुराँस गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार ३० गते सुचना निकाली गाउँपालिकाले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । ३१ गते करार कर्मचारीहरुले आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा ७ जना घाईते भएको र आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोलि समेत चलाएको थियो ।
आन्दोलनमा गाउँपालिका सार्वजनिक सम्पत्तिमा पनि क्षती भएको थियो । तर अहिले यो आन्दोलनको बिषयलाई लिएर राजनितीक आरोप प्रत्यारोप सुरु भएको छ । ३२ गते गुराँस गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै निवर्तमान अध्यक्ष र अन्य व्यक्तिहरुको नाम सार्वजनिक गर्दै यो घटनाको मुख्य पात्र भएको खुलासा गरेको थियो । यस्तै सार्वजनिक सम्पत्तिलाई तोडफोड गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने पनि बताएको थियो । अहिले उक्त घटनाको छानबिन समिती बनाई अनुसन्धान भैरहेको छ ।
- •सार्वजनिक सम्पतीमा तोडफोड गर्नेलाई कानुनी कारबाही गर्छौ : अध्यक्ष विसी
- •गुराँस घटना : छानबिन समिती गठन, घाईतेको उपचार खर्च पालिकाले बेहोर्ने
यता, आज नेपाली कांग्रेस जिल्ला कार्य समिती दैलेखले विज्ञप्ती निकाल्दै गुराँस गाउँपालिकाले करार कर्मचारीले हटाएको बिषयलाई लिएर कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गरेकोमा उनिहरुको माग पूरा गर्नुको सट्टा उल्टै गोली चलाई कर्मचारीहरु घाईते भएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको छानबिन समिती गठन गरि काम गरिरहेको र सर्वदलीय बैठकले कर्मचारीको म्याद थप्ने निर्णय गरिसक्दा पनि करार कर्मचारी माग पूरा गर्नुको सट्टा उल्टै पार्टीका जिम्मेवार व्यक्ती र पुर्वगाउँपालिका अध्यक्ष खेमराज वलिलाई लाल्छना तथा आरोप लगाउने काम घोर भत्सर्ना गर्दै उपचारत घाईते शिघ्र स्वास्थ लाभको कामना सहित सर्वदलीय अपिल यथाशीघ्र पूरा गर्न माग गरेको छ ।
यस्तै, करार कर्मचारीहरुको म्याद थपको सम्बन्धमा सवै कर्मचारीहरुको एक्यवद्धता देखिएको तर पाटिलाई जोडेर आफ्नो कार्यकर्ता कर्मचारी हुन भन्दै अनेक लालचना लगाएर पत्रकार सम्मेलन गर्दै चरित्र हत्या गर्ने कोशिस गर्न खोजिएको र अहंकार र निरङ्कुश तरिकाले सत्ता संञ्चालन गर्ने अहिलेको सरकारको मनसाय रहेको प्रष्ट देखिएको निवर्तमान अध्यक्ष खेमराज वलिको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो समय आर्थिक सहायताको फाईलको हस्ताक्षरको बिषय अतिरञ्जित गराईएको र यसको बिषयमा आफ्नो सामाजिक संजालमा प्रष्टाई सकेको वलिको भनाई छ । ‘जुन फाईलमा २०७७ सालको अस्पतालको बिल रहेको हालको अध्यक्षले सहायता दिन मिल्ने कि नमिल्ने यस बिषयमा सवै जानकार देखिन्छन् । विभिन्न बाहानामा विगतका दिन देखि कार्यालयको काम गरेका अनुभवि कर्मचारीहरुको आत्मवल घट्ने गरि गुराँस सरकार प्रस्तुत भएको देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।
रोजगार कार्यदलहरुको रोजगारि खोसिएको भन्दै रोजगारीको माग गर्नु नागरिकहरुको अधिकार र यसमा सरकारको जिम्मेवारि रहनु पर्न पनि उल्लेख छ ।
संवाददाता । सोमबार, साउन ०२, २०७९ मा प्रकाशित